सार्वजनिक यातायातको भाडादर बढ्यो (भाडाको सूचीसहित)
काठमाडाैं | पुस २२, २०८१
काठमाडौं: सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी गराएको हो ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।
सार्वजनिक यातायात सञ्चालनसंग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यस विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, संचालन खर्च, हाककट्टी र संचालन मुनाफा लगायतका मूख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडामा गरिनु पर्ने समायोजनका गरिएको विभागले जनाएको छ ।
सार्वजनिक यातायातका सवारीहरुको भाडादर यस विभागको मिति २०८१-०९-२२ को निर्णयानुसार आजै बाट लागु हुने बताइएको छ ।
हेर्नुहोस कहाँ कति सूची
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...
काठमाडौं: नेपाली कांग्रेसको विशेष अधिवेशनपछि नबगठित कार्यसमितिका सभापति गगन कुमार थापा सहित कांग्रेस पदाधिकारी केन्द्रीय सदस्यहरु निर्वाचन आयोग गएका छन् । बिहान बसेको केन्द्रीय कार्य समितिको ...

